जिन्दगी दुःखाउने यो पैसा कहाँ छस
(गजल )
जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ?
जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ?
मेरो सारा खुसी लुकाउने पैसा कहाँ छस ?
खोज्दैछु म प्रदेशको गल्ली गल्ली ,
ठाडो शिर झुकाउने पैसा कहाँ छस ?
बैरी रहेछ्स खोज्दा न भेतिने कतै ,
सर्वस्व मेरो फुकाउने पैसा कहाँ छस ?
कपटी तँ दुनियाँ खोसिस आफैले ,
प्रगति मेरो चुकाउने पैसा कहाँ छस ?
भेटेन मैले जो तेरै निम्ति गल्थ्यो ,
जीउ ज्यानै सुकाउने पैसा कहाँ छस ?
रमेश खड्का हाल कर्णाली प्रदेश मुगु

Comments
Post a Comment