जुम्लाका नवनिर्वाचित पालिका प्रमुखले लिए शपथ


 जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् ।


मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजा गाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहरालाई शपथ ग्रहण गराएका हुन् ।


पालिकाका प्रमुखले उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । 

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह