भेरी नगरपालिकामा काँग्रेस र माओवादीको संयुक्त घोषणापत्र सार्वजनिक
जाजरकोट । जाजरकोट भेरी नगरपालिकामा संयुक्त गठबन्धन गरेका माओवादी केन्द्र र काँग्रेसले घोषणापत्र सार्वजनिक गरेका छन । उनीहरुले सार्वजनिक गरेको घोषणापत्रमा लोकप्रिय कार्यक्रमहरु रहेका छन । चुनावी तालमेल गरेर संयुक्त गठबन्धन गरेका उनीहरुले विजयी भएपछि नगर भित्र रहेको गरिवी, अशिक्षा, वेरोजगार, भ्रष्टाचार अन्त्य गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन।
घोषणापत्र
“नेपाली जनक्रान्तिको अमूल्य उपहार !
–संघ, प्रदेश र स्थानीय जनसरकार !!”
“दिगो विकास र समृद्ध नगर, सुशासनयुक्त शहर ।” निर्माण हाम्रो अभियान !
गठबन्धनको गोलाआकार भित्रको हशियाँ हथौडा र रुख चिन्हमा मतदान !!
“सुशासन र समृद्धिको सुदृढ आधार !
–स्थानीय तहमा जनताको आफ्नै सरकार !!”
“लोकतान्त्रिक समाजवादको आधार !!
–गाउँ नगरमा गठबन्धन सरकार !!”
गठबन्धनका साझा उम्मेदवार गगन बहादुर खड्का (जीवन) र सिता जैसीको संयुक्त
विशेष अपिल
आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदैछ । देशको विकास, जनताको आर्थिक समृद्धि र सामाजिक न्यायप्रति उत्तरदायि तथा सत्ता संचालनको बागडोर सम्हालेका राजनीतिक पार्टी र राज्यका जिम्मेवार नागरिकहरुका लागि आवद्यिक निर्वाचन महान् उत्सव र पर्व हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यासकर्ता स्थानीय तहका जनप्रतिनीधिहरुको अधिकारलाई नविकरण गर्ने माध्यामका रुपमा रहेको स्थानीय तहको निर्वाचन जनता स्वयंममा न्याधीश बनेर अन्तिम फैसला गर्ने जन इजलास पनि हो ।
नेपालको संविधानले गरेको व्यवस्था अनुसार देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको अभ्यास भई रहेको छ । तीन तहका सरकार बीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रवद्र्धन गर्ने विशेष जिम्मेवारीमा स्थानीय सरकार (स्थानीय तह) रहेको छ । नगरपालिकालाई एक भौगोलिक तथा प्रशासनिक एकाईका रुपमा परिभाषित गर्ने गरिएको छ ।
जनताको घर दैलोमा दैनिक पुगेर सेवा प्रवाह गर्ने जनताको घर नजिकको सरकार भनेकै नगर सरकार हो । जनताको घर नजिकको सरकार (नगरपालिका) ले नयाँ जनादेश प्राप्त गर्न जनताले मतदान गर्न पाउने जन्मसिद्ध अधिकारको प्रयोग गर्नुको साथै जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्याम तथा सुनौलो अबसरका रुपमा यही बैसाख ३० गतेको निर्वाचनलाई लिन आबश्यक छ निर्वाचनको सुनौलो यस अवसरमा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका विभिन्न पेशा व्यवसायमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरु र सम्मानित जेष्ठ नागरिकहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछौं । साथै, निर्वाचनको महाअभियानमा सक्रिय रहँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आम जनसमुदायलाई विशेष आग्रह गर्दछौं । यस शुखद अवसरमा नेपालको राजनीतिमा परिवर्तन ल्याउन सफल हाम्रो विगत महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोनमा जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं । घाइते योद्धाहरुको विशेष योगदानको उच्च कदर गर्दै स्वास्थ्यलाभको कामना गर्दछौं ।
विगत जनयुद्धमा अमूल्य योगदान गर्नुहुने पूर्व जनमुक्ति सेना लगायत हजारौं वीर योद्धाहरु, पूर्णकालीन सबै नेता कार्यकर्ताहरु सहित हजारौं जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।

Comments
Post a Comment