सरकारले निर्णय बदलियो: अब दुई दिन बिदा नहुने

 




काठमाडौं ।


सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ।


बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता


देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।


सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए।


सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले


सचिवहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए।


ुखासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,ु सामान्य


प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ुदुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।ु आजको नागरिक दैनिकमा समाचार छ ।


काठमाडौंमा १३ वटा वडाको तात्तातो नतिजा आयो, कुन वडामा कसले कति पायो ?

काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्।


आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।


आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ।


बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ। सिर्जना र स्थापितको मतान्तर २९१ मत छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।


त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।, यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह