अब टोलटोलमा बृद्धभत्ता बितरण गर्छुः उपाध्यक्ष शाही
शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाहीले अब टोलटोलमा लगेर बृद्ध भत्ता बितरण गर्ने बताएकी छन । पदभार ग्रहणसँगै उनले बृद्धभत्ता बितरण सहज बनाउने बताएकी हुन ।
उनले भनिन, “बृद्वाबृद्वहरुलाई बृद्वाभत्ताक लिनको लागि घरदेखि बैंकसम्म धाउनु पर्ने, लाइनमा बस्नुपर्ने अवस्थाको अन्त गर्नेगरि वडाहरुको टोलटोलमा नै लिएर भत्ता बितरण गरि बृद्वबृद्वहरुलाई सहज बनाउने काम गर्छु ।”
बिगत जस्तो बृद्वभत्ता लिनको लागि शिवालय गाउँपालिकामा अब दुख नहुने र झन्झटिलो अवस्था नरहने उपाध्यक्ष शाहीले बताइन ।

Comments
Post a Comment