उनले छोडेकोले विष खाएँ : उद्धव पौडेल

 उद्धव पौडेल नेपाली फिल्म क्षेत्रमा चिनाउनुपर्ने नाम होइन । निर्माण, निर्देशन, वितरकदेखि फिल्म क्षेत्रको धेरै विधामा उनको योगदान रहेको छ । दर्जनभन्दा बढी फिल्म निर्माण गरेका पौडेलले हिन्दी फिल्म निर्देशनसमेत गरेका छन् । मध्यम वर्गीय परिवारका पौडेलले फिल्म क्षेत्रमा आउनुअगाडि थुप्रै व्यवसायमा आबद्ध थिए । हिन्दी फिल्म केही हलमा प्रदर्शनको जिम्माबाट फिल्मकर्ममा होमिएका पौडेललाई चिनाउने र करोडपति बनाउने काम नेपाली फिल्मले गर्‍यो । एकै फिल्म ‘कुसुमे रुमाल’ बाट उनी करोडपति हुन सफल भए ।




गोपीकृष्ण मुभिजलगायत थुप्रै चलचित्र घरका मालिक उनको चलचित्र विकास कम्पनी, गोपीकृष्ण फिल्मी टिभी आदि पनि छन् । ०३९ सालमा विराटनगरका उपप्रधानपञ्च भएका उनी ७० मा राप्रपाबाट काठमाडौँ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । तर काँग्रेस नेता गगन थापासँग पराजित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कोषाध्यक्ष हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्षसमेत बनेका उनी पछिल्लो समय राप्रपा नेपालबाट पनि टाढिएका छन् । फिल्मको कथा जस्तै वास्तविक जीवनमा समेत उतारचढाव भोगेको उद्धव पौडेलको जीवनका विभिन्न पाटाहरू रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्द


मा ।

Comments