म हारे पनि मेरो मन हार्ने छैन : केशव स्थापित


 काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले १६ हजार बढीको अग्रता बनाएका छन्।


शनिबार अपराह्न ५ बजे सम्ममा शाहले ३५ हजार ३७४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत प्राप्त गरेकी छन्।


९६ हजार ९४४ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।वडा नम्बर २८ मा केशव स्थापितले बढी मत पाएका छन्। त्यहाँ उनले ७४१, शाहले ७१७ र सिंहले ७१० मत प्राप्त गरेका छन्। यो वडा बाहेक अरू वडामा शाहले अग्रता लिएका छन्।


त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। यी मध्ये वडा नम्बर २४ र २५ मा स्थापितले सुरूवाती अग्रता लिएका छन्। वडा नम्बर २४मा स्थापितले ४२३ मत पाउँदा सिंहले ३३६ र शाहले २८१ मत पाए।


त्यस्तै वडा नम्बर २५मा स्थापितले ५८३ मत पाउँदा शाहले ४१८ र सिंहले ३८१ मत पाए।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह