जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!

 जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!

मेरो सुन हीरा मोति प्रणाम छ हजुरलाई!


प्राकृतिको मनोरम हराभरा सुन्दर स्थल

मुगु हुम्ला सोलु डोटी प्रणाम छ हजुरलाई!!




...टेक्ने डालो समाउने हाँगा मेरो प्यारो देश

धर्म कर्म रोजी रोटि प्रणाम छ हजुरलाई!!


अज्ञानीमा ज्ञान भर्ने अँधेरीमा प्रकास छर्ने

मान्य गुरु लाखौँ चोटी प्रणाम छ हजुरलाई!!


समयको चक्र संगै सारा जगको कल्याण गर्ने

घाम जुन दिब्य ज्योति प्रणाम छ हजुरलाई!!


कैले घाम कैले छायाँ जिन्दगीको रीत नै हो यो

दक्ष होस या हजुर खोटी प्रणाम छ हजुरलाई!!

रमेश खड्का मुगु कर्णाली


Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह