‘खानेपानीको समस्या समाधान गर्न आकाशे ट्याङ्की निर्माण पहिलाे प्राथमिकता



 नेपालका लागि संघीयता नयाँ अभ्यास थियो । २०७४ बैशाख ३१ गते तीन तहका सरकार मध्य स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यहीँ निर्वाचनबाट चुनिएका जनप्रतिनिधिका पाँच वर्षे कार्यकाल गत वैशाख ३० गते सम्पन्न भएसँगै दोस्रो स्थानीय तह निर्वाचनपछि नयाँ नेतृत्व चुनिएका छन् । संघीयता नेपालका लागि नौलो अभ्यास भएका कारण पनि निर्वाचित भएर आएको धेरै समयसम्म जनप्रतिनिधिहरु ऐन, नियम कानुन निर्माण, राजश्व संकलन लगायतका विषयमा अलमलमा पर्नुपर्ने स्थिती सिर्जना भएको थियो ।


२२ वर्षदेखि रिक्त रहेका स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणले भने गति लिएको देखिन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, सडक, विजुली जस्ता पूर्वाधारहरुमा परिवर्तन भई विकासको जग खडा भएको छ । २०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिले अलमलकै बीच विकास मोडेल तयार गरेर विदा भएका छन् । अब आउने जनताका प्रतिनिधिले यिनै मोडेलमा टेकेर काम गर्नुपर्नेछ । १६ वटा वडा रहेको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भौगोलिक हिसावले सुगम मानिन्छ । तर वडा नम्बर १४, १५ र १६ नम्बर भने अलि विकट छन् ।


आर्थिक, प्रशासनिक, राजनीतिक हिसावले महत्वपूर्ण मानिने वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ को दोस्रो कार्यकाल सम्हाल्न नेकपा एमालेका युवा नेता विनोद सिंह विष्ट आइपुगेका छन् । यसअघि नेपाली कांग्रेसका भुपेन्द्रबहादुर खत्री वडाध्यक्ष निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका विष्टका लागि आउदो पाँच वर्षे कार्यकाल सुखद् भने रहने छैन । विष्टको पहिलो चुनौती आफ्नो टिम मिलाउनु छ ।


उनको नयाँ टिममा उनी नेकपा एमालेबाट एकल वडाध्यक्ष चुनिएका छन् । अन्य सदस्यहरु विभिन्न दलबाट निर्वाचित छन् । यी लगायत स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, ढल निकास जस्ता क्षेत्रहरु विष्टका चुनौति हुनेछन् । यी लगायत उनी निर्वाचित भएसँगै पाँच वर्षका लागि तय चुनावी एजेण्डामा प्रस्तुत भएका विषयहरु पुरा हुन्छन् की हुर्दैनन् ? यस अवधिमा विष्टका नयाँ योजना के छन् ? भन्ने विषयमा नवनिर्वाचित वडा नं. ३ का वडाध्यक्ष विनोद सिंह विष्टसँग नेपालीरैवारकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह