युवाबिनाको शहर हुने भो मेरो देश
आर्काको भरमा मात्रै निर्भर हुने भयो
जन्म नेपाल र कर्मको अर्कै घर हुने भयो
गम्भीर छ नेपालीको भबिष्य र जीबन
कमाउन न हिडे मरिन्छ भन्ने डर हुने भयो
मर्दा मलामी पर्दाको जन्ति युवा छैन देशमा
रोजगार न हुदा बिदेशीन कर हुने भयो
दिनहुँ घुँइचो छ बिमानस्थलमा देश छोड्नेको
ऊर्जाशील युवा बिनाको शहर हुने भयो
न बिकाश हुन सक्छ न सुख शान्ति देशमा
सुकेको खोलाको जस्तै बगर हुने भयो
रमेश खड्का मुगु कर्णाली

Comments
Post a Comment