देखिस् कांग्रेस एमाले, जनताले भोट काहाँ हाले’ भन्दै बालेनको पक्षमा नारा


 काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् ।


सयौँको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् ।


‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?’, ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई ले भन्छ’, जस्ता नारा लगाइरहेका छन् ।


यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ‘सागर वसन्ते किस्ने,’ बालेन शाहले हो जित्नेु भन्दै नारा लगाएका हुन् ।


मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह