सरकारी तलब तथा भत्ता नलिने झिमरुक गाउँपालिकाका अध्यक्ष , माओवादी केन्द्रका महताराको घोषणा


 
प्युठान जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन ।


आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका छन । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भनेका छन ।                                                                              


आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताएका छन । 

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह