भ्रष्टाचारिको नाइके बाँके ट्राफिक प्रमुख राजु भण्डारी : तत्काल छानबिन हुन आवश्यक


 ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीले मासिक १२ लाख उठाउने गरेको स्रोत बताउँछ ।


कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् ।


सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको छ । त्यसैगरी चपरगौडी बिटल समेत मोटो रकम बुझाउने गरेको छ ।


विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई इन्सपेक्टरले तत्काल तान्ने गरेका छन् ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह