काठमाडौं महानगर बालेनले कटाए ४० हजार मत


 काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्। १ लाख १२ हजार ४४२ मत गणना सकिँदा उनले ४० हजार ३ मत ल्याएका छन्। दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ र तेस्रोमानेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्।


काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। जसमध्ये हालसम्म ५९ प्रतिशत मत गनिसकिएको छ। हालसम्म ७ वटा वडामा कांग्रेस र ७ वटै वडामा एमालेका वडाध्यक्षका विजयी भएका छन्।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह