काठमाडौंमा एक लाख १३ हजार ३२७ मतगणना


 काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत ४० हजार नाघेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतबार मध्याह्नसम्म एक लाख १३ हजार ३२७ मतगणना भएको छ । अब ७७ हजार ८५९ मत गन्न बाँकी छ ।


अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार साहले ४० हजार २१२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले २२ हजार ८६४ मत पाएकी छन् ।


नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन् । उनले २२ हजार ३८७ मत पाएका छन् । काठमाडौंका ३२ वडामध्ये १४ वडाको मतगणना सकिएको छ ।


अहिले आठ वडाको मतगणना भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना भइरहेको छ। यी वडाको गणना सकिएपछि वडा नं. १४ देखि २२ सम्मका वडाको गणना हुनेछ ।


अहिलेसम्म गणना सम्पन्न १४ मध्ये दुई वडामा मात्रै साहले कम मत पाएका छन् । वडा नंं २७ मा कांग्रेस उम्मेदवार सिंहले र वडा नंं २८ मा एमालेका स्थापितले धेरै मत पाएका थिए ।


वडा नं. २७ मा सिंहले ९८४, स्थापितले ९८१ र साहले ५५२ मत पाएका थिए। त्यस्तै, वडा नं. २८ मा स्थापितले ७४१, साहले ७१७ र सिंहले ७१० मत पाएका थिए ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह