नेकपा भित्रको द्वन्द्वकै परिणाम हो अहिलेको सर्वोच्चको फैसला : बरिष्ठ अधिवक्ता श्रेष्ठ

 सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै सदर गर्यो, द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने भनेर यसलाई कसरी हेर्नु भएको छ ?

सर्वोच्च अदालतले राजनैतिक शक्ति हेरेर फैसला गर्छ । अहिलेको सरकारको प्रभावले सर्वोच्च अदालतले विषयहरु उठाएको हो । अहिले सत्तारुढ नेकपा भित्र राजनैतिक द्वन्द्वको युद्ध बिराम भएको छ । जो कुरा बिचार दृष्टिकोण सँग सम्बन्धित छ ।


सर्वोच्च अदालतले गरेको फैसला जनयुद्ध ,जनआन्दोलन, १२ बुदे सम्झौता, बृहत शान्ति सम्झौता, सत्यनिरूपण मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको मर्म भावना स्प्रीट बिपरीत छ । सर्वोच्च अदालतले जनयुद्ध जनआन्दोलनको जगमा भएका राजनैतिक सहमति, सम्झौता, २०६३ को अन्तरिम संविधान बिपरीत कसरी जान मिल्छ ?

Comments

Popular posts from this blog

उनले छोडेकोले विष खाएँ : उद्धव पौडेल