Posts

Showing posts from May, 2022

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह

Image
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले जित पक्का भएपछि विजयी जुलश नगर्न र आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गर्न समर्थकलाई आग्रह गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका हुन्। ‘जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले बक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’ उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन ।’ निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याएपनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्नेगरी काम गर्ने प्रतिवद्धता गरेका छन् ...

लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड

Image
 उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि छलफल गरिएको छ । जिल्लामा उत्पादित रैथाने बाली कसरी जोगाउन सकिन्छ, यसको बजारीकरण कसरी गर्न सकिन्छ र जिल्ला बाहिरबाट आयातित खाद्यान्नको न्यूनीकरण गरी जिल्लामै उत्पादन भएका रैथाने बालीलाई उपभोक्ताको घर घरमा पुर्याउने र जिल्ला बाहिरको मागलाई कसरी पूर्ति गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । रैथाने बाली संरक्षणका लागि लोप हुन लागेका स्थानीय उत्पादनलाई प्रथामिकता दिने, बजारीकरणका लागि जिल्ला सदरमुकाम सिमकोटलगायतका पायक पर्ने स्थानमा कोसेली घर स्थापना गर्ने र रैथाने बालीको विविधीकरणका लागि जिल्लाका सातवटै स्थानीय तहसहित सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निर्णय गरिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । जि...

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

Image
 भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल निर्वाचित भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् ।

अब टोलटोलमा बृद्धभत्ता बितरण गर्छुः उपाध्यक्ष शाही

Image
 शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाहीले अब टोलटोलमा लगेर बृद्ध भत्ता बितरण गर्ने बताएकी छन । पदभार ग्रहणसँगै उनले बृद्धभत्ता बितरण सहज बनाउने बताएकी हुन । उनले भनिन, “बृद्वाबृद्वहरुलाई बृद्वाभत्ताक लिनको लागि घरदेखि बैंकसम्म धाउनु पर्ने, लाइनमा बस्नुपर्ने अवस्थाको अन्त गर्नेगरि वडाहरुको टोलटोलमा नै लिएर भत्ता बितरण गरि बृद्वबृद्वहरुलाई सहज बनाउने काम गर्छु ।” बिगत जस्तो बृद्वभत्ता लिनको लागि शिवालय गाउँपालिकामा अब दुख नहुने र झन्झटिलो अवस्था नरहने उपाध्यक्ष शाहीले बताइन ।

Make First $100 On The Web

Image
This means you get a commission for each sale of a particular product that comes from your link or referral. It’s definitely the easiest route into making money online. This course will help you get started with all the information you need. Here is what you’ll learn: Getting Started As An Affiliate How To Choose A ClickBank Product To Promote Your Hoplink How To Market An Affiliate Product Using A Website How Will People Find Your Site Includes transferable PLR rights!  

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

Image
पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । सोमबार दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा एक लिटरमै २० रुपैयाँ मूल्य बढेको छ ।  

मुगुको छाँयानाथ रारा नगरपालिकाको मेययर र उपमेयरमा कांग्रेस विजयी

Image
 मुगु । जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका विष्णुकुमार भामले ४५९९ मत प्राप्त गरी विजयी भएका छ्न् । उनी ७३९ मतान्तरका साथ विजयी भएका हुन । भामका प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर रावलले ३८६० मत पाए । यस्तै, उपमेयरमा पनि कांग्रेसकी ऐश्वर्य मल्लले ४३२५ मत प्राप्त गरी विजयी भएकी छिन् । उननी ६०८ मतान्तरका साथ विजयी भएकी हुन् ।उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले ३७१७ मत पाइन् । नगरपालिकाका १४ वडामध्ये ७ वडामा एमालेले जितेको छ भने ६ वडामा कांग्रेसले जितेको छ । एउटा वडा एकीकृत समाजवादीले जितेको छ । माओवादीले एउटा वडा पनि जितेन । नगरपालिकामा एमाले र कांग्रेस एक्ला-एकलै निर्वाचनमा सहभागी भएका थिए भने माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयरसहित ७ वडामा जितेको थियो । एमालेले उपमेयरसहित पाँच वडा जितेको थियो । माओवादीले २ वडा जितेको थियो । खत्याड गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो । एमाले र समाजवादी छुट्टाछुट्टै चुनावमा सहभागी थिए ।

सरकारले निर्णय बदलियो: अब दुई दिन बिदा नहुने

Image
  काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ुखासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,ु सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ुदुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी ह...

गजल

Image
  थोरै खुशी अनि पिडा धेरै दियौं। जति रुवाए पनि तिमी मेरै थियौ।। अँखा भित्र राखे आँसु बनी झर्‍यो। अमृत जस्तै प्रेम बीस मानी लियाै।। मेरो मुटु काँढा झै निकाली फाल्याैै। यादहरु मात्रै बाकी रहे हिर्दय सियाैै।। मेरो चोखो माया काँढा सरि भयो। म मरिदिन्छु अब बिजय तिमी भयौं ।।

स्वदेशमा जनतालाई काम देऊ सरकार।

Image
 स्वदेशमा जनतालाई काम देऊ सरकार। सक्दैनौ त बिरोजगारी नाम देऊ सरकार॥ कहिले सम्म बिदेशिको दाशी बन्ने अझै हामी। बस्छु बरु तपस्यामै धाम देऊ सरकार॥ भरिएन पेट जती मजदुर गरेपनी। भौकैछन लालाबाला माम देऊ सरकार॥ परिश्रम पसिनाको हुनै छाड्यो कदर हेर। थोरै ईमान्दारिलाई ठाम देऊ सरकार॥ थाहा भयो कुर्ची हासिल गर्न धन बाड्दा रैछौ। भोट दिम्ला मैले पनी दाम देऊ सरकार॥ रमेश खड्का मुगु कर्णाली

जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!

Image
 जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई! मेरो सुन हीरा मोति प्रणाम छ हजुरलाई! प्राकृतिको मनोरम हराभरा सुन्दर स्थल मुगु हुम्ला सोलु डोटी प्रणाम छ हजुरलाई!! ...टेक्ने डालो समाउने हाँगा मेरो प्यारो देश धर्म कर्म रोजी रोटि प्रणाम छ हजुरलाई!! अज्ञानीमा ज्ञान भर्ने अँधेरीमा प्रकास छर्ने मान्य गुरु लाखौँ चोटी प्रणाम छ हजुरलाई!! समयको चक्र संगै सारा जगको कल्याण गर्ने घाम जुन दिब्य ज्योति प्रणाम छ हजुरलाई!! कैले घाम कैले छायाँ जिन्दगीको रीत नै हो यो दक्ष होस या हजुर खोटी प्रणाम छ हजुरलाई!! रमेश खड्का मुगु कर्णाली

युवाबिनाको शहर हुने भो मेरो देश

Image
 आर्काको भरमा मात्रै निर्भर हुने भयो   जन्म नेपाल र कर्मको अर्कै घर हुने भयो   गम्भीर छ नेपालीको भबिष्य र जीबन  कमाउन न हिडे मरिन्छ भन्ने डर हुने भयो   मर्दा मलामी पर्दाको जन्ति युवा छैन देशमा  रोजगार न हुदा बिदेशीन कर हुने भयो  दिनहुँ घुँइचो छ बिमानस्थलमा देश छोड्नेको  ऊर्जाशील युवा बिनाको शहर हुने भयो   न बिकाश हुन सक्छ न सुख शान्ति देशमा  सुकेको खोलाको जस्तै बगर हुने भयो   रमेश खड्का मुगु कर्णाली

जिन्दगी दुःखाउने यो पैसा कहाँ छस

Image
 (गजल )  जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ? जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ? मेरो सारा खुसी लुकाउने पैसा कहाँ छस ? खोज्दैछु म प्रदेशको गल्ली गल्ली , ठाडो शिर झुकाउने पैसा कहाँ छस ? बैरी रहेछ्स खोज्दा न भेतिने कतै , सर्वस्व मेरो फुकाउने पैसा कहाँ छस ?   कपटी तँ दुनियाँ खोसिस आफैले , प्रगति मेरो चुकाउने पैसा कहाँ छस ?   भेटेन मैले जो तेरै निम्ति गल्थ्यो , जीउ ज्यानै सुकाउने पैसा कहाँ छस ? रमेश खड्का हाल कर्णाली प्रदेश मुगु

कोहलपुर ८ को १००१ मत गन्दा कांग्रेसको अग्रता

Image
 कोहलपुर नगरपालिका वडा नम्बर ८ को १००१ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता देखिएको छ । यस्तो छ मत परिणाम  १)एमाले मेयर : ३४५ उप-मेयर: ३९९ अध्यक्ष : ३९६ २)कांग्रेस मेयर : ५२८ उपमेयर : ४६८ अध्यक्ष : ५०२ ३)माओवादी : मेयर: ५५ उप-मेयर: अध्यक्ष : २४

कोहलपुरमा कुन वडामा कसले जित्यो ?

Image
  कोहलपुर नगरपालिकाको मतगणना आईतबार सम्पन्न भएको छ । मत गणना सम्पन्न भए संगै कोहलपुर मेयरमा नेपाली कांग्रेसका पूर्ण आचार्य र उपमेयरमा संगिता सुवेदी निर्वाचित भएका छन । पालिका अन्तर्गतका १५ वडा मध्य ९ वटा वडामा नेपाली कांग्रेसले जितेको छ । यस्तै ४ वटा वडामा एमाले र २ वटा वडामा माओवादी केन्द्रले जीत हासिल गरेको छ । नव निर्वाचित वडा अध्यक्षहरु  वडा न. १ मा वद्री प्र. जैसी (माओवादी) वडा न. २ हरी सिं कठायत (कांग्रेस) वडान. ३ माघव रिजाल (एमाले) वडा न. ४ मुवारक अलि गुजर (कांग्रेस) वडा न. ५ दिपेन्द्र कुमार श्रेष्ठ ( एमाले ) वडा न. ६ श्रीकृष्ण थारु (कांग्रेस) वडा न. ७ ठग्गा थारु (एमाले) वडा न. ८ लाल वहादुर राना (कांग्रेस) वडा न. ९ उपेन्द्र नाथ योगी (माओवादी) वडा न. १० गौरा भट्टराई (कांग्रेस) वडा न. ११ कल्पना अधिकारी (एमाले) वडा न. १२ विरेन्द्र शाहा (कांग्रेस) वडा न. १३ डम्बर खड्का (कांग्रेस) वडा न. १४ नम वहादुर आले (कांग्रेस) वडा न. १५ दिपेन्द्र चौधरी (कांग्रेस)

काठमाडौंमा एक लाख १३ हजार ३२७ मतगणना

Image
 काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत ४० हजार नाघेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतबार मध्याह्नसम्म एक लाख १३ हजार ३२७ मतगणना भएको छ । अब ७७ हजार ८५९ मत गन्न बाँकी छ । अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार साहले ४० हजार २१२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले २२ हजार ८६४ मत पाएकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन् । उनले २२ हजार ३८७ मत पाएका छन् । काठमाडौंका ३२ वडामध्ये १४ वडाको मतगणना सकिएको छ । अहिले आठ वडाको मतगणना भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना भइरहेको छ। यी वडाको गणना सकिएपछि वडा नं. १४ देखि २२ सम्मका वडाको गणना हुनेछ । अहिलेसम्म गणना सम्पन्न १४ मध्ये दुई वडामा मात्रै साहले कम मत पाएका छन् । वडा नंं २७ मा कांग्रेस उम्मेदवार सिंहले र वडा नंं २८ मा एमालेका स्थापितले धेरै मत पाएका थिए । वडा नं. २७ मा सिंहले ९८४, स्थापितले ९८१ र साहले ५५२ मत पाएका थिए। त्यस्तै, वडा नं. २८ म...

भ्रष्टाचारिको नाइके बाँके ट्राफिक प्रमुख राजु भण्डारी : तत्काल छानबिन हुन आवश्यक

Image
 ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीले मासिक १२ लाख उठाउने गरेको स्रोत बताउँछ । कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् । सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको छ । त्यसैगरी चपरगौडी बिटल समेत मोटो रकम बुझाउने गरेको छ । विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई इन्सपेक्टरले तत्काल तान्ने गरेका छन् ।

छोरी, श्रीमती र छोरालाई उम्मेदवार बनाउन गठबन्धन : ओली

Image
 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाएका छन्। मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।  उनले भने, ‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’ काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन्।  उनले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण छोरीलाई मेयर बनाउनैपर्ने बाध्यता रहेको बताए।  उनले भने, ‘प्रचण्डको अस्थिरताका कारण छोरीलाई कसरी मेयर बनाउन सकिन्छ भन्ने हो। लक्ष्य केही छैन, गन्तव्य केही छैन। मेयरका लागि बार्गेनिङ गरेको छ।’ उनले २०७४ सालमा...

सरकारी तलब तथा भत्ता नलिने झिमरुक गाउँपालिकाका अध्यक्ष , माओवादी केन्द्रका महताराको घोषणा

Image
  प्युठान जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन । आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका छन । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भनेका छन ।                                                                               आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताएका छन । 

काठमाण्डौ महानगर : बालेन साहको अग्रता कायमै, केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि

Image
  काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाउनु भएको छ । कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले २१ हजार ८ मत पाउनु भएको छ । काठमाण्डौ महानगरको १ लाख ६ हजार ३ सय ५२ मत गनिसकिएकाे छ । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ ।
Image
 काठमाडौं । समाजमा आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मा पाएको प्रहरीले नै चोरी डकैती गर्छ भन्दा कसैले नपत्याउन सक्छन् । तर कैलालीमा प्रहरी नै चोरीमा संलग्न भएको पाइएको छ । लागूऔषधका कारोबारी समात्न गएका प्रहरीले नै पसलबाट मोबाइल चोरेका छन् । पछिल्लो समय भारतसँग खुला सिमाना रहेको कैलालीमा लागूऔषधका कारोबारी र प्रयोगकर्ताले अखडा जमाएको घटना बाहिरिएपछि प्रहरीले निगरानी बढाउन थालेको छ । यसैबीच गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीले नै मोबाइल चोरी गरेको प्रमाण भेटिएको हाे ।धनगढी उपमहानगरपालिका-२, ट्राफिक चोकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरेको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हाे । सो मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरी टोलीले मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो । प्रहरीले त्यहाँबाट तीन जनालाई पक्राउ गरेको थियो । सँगै पसलमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चोरेको पाइएको छ । सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले मोबाइल चोर्दै गरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताए । खानतला...

धरान उपहानगरकाे मेयरमा हर्कराज राई निर्वाचित

Image
 सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी

Image
  अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भन्नुभयो । उहाँले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उहाँले उल्लेख गर्नुभयो । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उहाँले जानकारी गराउनुभयो । अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै न...

नानु सियोनलाई २५ करोडको औषधि नि:शुल्क, सहयोग उठेको १९ करोड अन्य बिरामीका लागि खर्च गर्ने

Image
 काठमाडौ । दुर्लभ रोग जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी–एसएमई वान लागेकी नानु सियोन श्रेष्ठको जीवन बचाउन सद्भाव सहयोग गर्नेहरुका लागि खुशीको खबर आएको छ ।नानुको लागि महँगो औषधि निःशुल्क पाउने भएको छ । समाजसेवी ईशा गुरुङ्गले नानुलाई अस्पतालले नै यो औषधि नि:शुल्क दिने घोषणा गरेको जानकारी दिनु भएको छ ।उहाँ नानुको लागि २५ करोड रकम चाहिएको थियो । देश विदेश संसारभरबाट रकम संकलन गरिएको थियो । मेरो व्यक्तिगत ५० हजार र नायक पल शाह भाइले पनि १ लाख सहयोग गर्नु भएको थियो ।ईशाले थप लेख्नुभएको छ हाल सम्म रकम १९ करोड संकलित भएको नानुको बाबा सन्दिप श्रेष्ठले जानकारी गराउनु भएको छ । स्टाटस मार्फत अब बचेको रकम सियोना फाउन्डेशन मार्फत अन्य बिरामीहरूका लागि सहयोग गर्ने जानकारी गराउनु भएको छ ।सियोना बचाउ अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक नमन गर्न चाहान्छौ र नानुको नयाँ जीवनको लागि प्राथाना पनि गर्न चाहान्छु । सामाजिक सञ्जालमा देखा परेको निकै नै चर्चित बिषय थियो ‘सियोना बचाऊ अभियान’ ।भर्खर फख्रिदै गरेको कलिलो कोपिला सियोनको उपचार नेपालमा सम्भव नहुने भएपछि अमेरिका...

बिहेमा बेहुला मा’तेर झ्या’प भएपछि हंगामा मच्चियो; बेहुली हेरेरै बे’हो’स भइन (भिडियो हेर्नुस्)

Image
  विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ । यो भिडियोलाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला नि’द्रा अथवा अन्य कुनै मा’द’क प’दा’र्थ जस्तो न’सामा मातेको जस्तो देख्न सकिन्छ । आखिर किन मातेको जस्तो देखिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्तविकता यहि हो भनेर भन्न सक्ने अवस्थामा भने छैनौं । अब हेर्नुस पुरा भिडियो:

प्रि बजेट छलफल : आयात विस्थापन गर्ने बजेट ल्याउन सुझाव

Image
 काठमाडौ । प्रि बजेट छलफलमा सांसदहरुले आयात विस्थापन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल गर्दे सांसदहरुले त्यस्तो सुझाव दिएका हुन । छलफलमा सहभागी हुँदै सांसदहरुले आयातमुखी अर्थतन्त्र हुनु, आन्तरिक उत्पादन बढाउने र आयात विस्थापन गर्दै निर्यात बढाउनका लागि पहल गर्नुपर्नेमा सरकारको ध्यानकर्षण गराएका थिए । तर विपक्षी दलका सांसदहरुले भने बिनियोजना बिधेयक दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाएका थिए । विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको, शोधान्तर घाटा बढिरहेका बेला त्यसलाई समाधानका लागि तत्काल पहल गर्नुपर्ने उनीहरुको भनाइ थियो । छोकडा, सुपारी, मरिच जस्ता सामग्रीको आयात रोक्नुपर्नेमा त्यसलाई खुला गरिएकोमा ति सांसदहरुले सरकारको आलोचना समेत गरेका थिए । प्रतिपक्ष दलको तर्फबाट बोल्दै नेकपा (एमाले)का सांसद राजेन्द्र गौतमले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त सैद्धान्तिकरुपमा नमिलेको टिप्पणी गरे ।

ओली आज बालकोट सर्दै

Image
 निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो । ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गर्नुभएको छ ।

एमाले उपाध्यक्ष नेम्बाङको जिल्लामा एमाले खुम्चियो

Image
 इलाम । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलाममा नेकपा एमाले खुम्चिएको छ । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा खुम्चिएको छ । एमाले खुम्चिँदा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले भने स्थानीय तहमा जित बढाएका छन् । भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी) ले पनि एक सिट जितेको छ । इलामको सबै ४ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले २ नगरपालिका प्रमुख र २ उपप्रमुख, ३ गाउँपालिकामा अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ नगरपालिका प्रमुख, २ उपप्रुमख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले १ नगरपालिका प्रमुख र १ गाउँपालिका उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले १ उपाध्यक्ष जितेको छ । गठबन्धनमा १ नगर प्रमुख, १ उपप्रमुख र १ उपाध्यक्ष पाएको नेकपा (माओवादी केन्द्र) ले जित हासिल गर्न सकेन । यस पटकको निर्वाचनमा एमाले खुम्चिनु मात्र होइन, विगत ३० वर्षदेखिको एमालेको एकल व...

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य

Image
 पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी जसपाका सङ्‍घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ । ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए । २८ वैशाखअघि उनले ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे । गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गो प्रदेशमै पार्टीलाई शून्यमा पारे । गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा माओवादी केन्द्रले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो । कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन । भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ। प्रदेशका ...

देखिस् कांग्रेस एमाले, जनताले भोट काहाँ हाले’ भन्दै बालेनको पक्षमा नारा

Image
 काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् । सयौँको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् । ‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?’, ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई ले भन्छ’, जस्ता नारा लगाइरहेका छन् । यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ‘सागर वसन्ते किस्ने,’ बालेन शाहले हो जित्नेु भन्दै नारा लगाएका हुन् । मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।

म्यादी प्रहरीकाे बिदाई

Image
 जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा मातहतरहि स्थानीय तह निर्वाचन सुरक्षार्थ खटिएका ८४५ म्यादी प्रहरीलाई शनिबार बिदाई तथा प्रमाणपत्र वितरण गरिँदै ।

मष्टो भाकेर पदभार ग्रहण

Image
 मुगु । भ्रष्टचार नगर्ने र कमिसन नखाने भन्दै एक जना नवनिर्वाचित नगरप्रमुखले मष्टो भाकेर पदभार ग्रहण गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिकाका नव निर्बाचित मेयर बिष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर ज्यूको घण्ट छोएर कसम खादै शुक्रबार पदभार ग्रहण गरेका हुन् । नेपाली कांग्रेबाट विजयी नगर प्रमुख भामले मष्ट र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने कसम खाएका हुन् । कार्यलयमा आयोजित पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफनो यो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए । त्यति मात्र होइन पदभार ग्रहण कार्यक्रममा उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम पनि खाए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख केही भावुक पनि देखिएका थिए । उनले नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने घोषणा समेत गरेका छन् । आफुले पाउने यो ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प...

म हारे पनि मेरो मन हार्ने छैन : केशव स्थापित

Image
 काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले १६ हजार बढीको अग्रता बनाएका छन्। शनिबार अपराह्न ५ बजे सम्ममा शाहले ३५ हजार ३७४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत प्राप्त गरेकी छन्। ९६ हजार ९४४ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।वडा नम्बर २८ मा केशव स्थापितले बढी मत पाएका छन्। त्यहाँ उनले ७४१, शाहले ७१७ र सिंहले ७१० मत प्राप्त गरेका छन्। यो वडा बाहेक अरू वडामा शाहले अग्रता लिएका छन्। त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। यी मध्ये वडा नम्बर २४ र २५ मा स्थापितले सुरूवाती अग्रता लिएका छन्। वडा नम्बर २४मा स्थापितले ४२३ मत पाउँदा सिंहले ३३६ र शाहले २८१ मत पाए। त्यस्तै वडा नम्बर २५मा स्थापितले ५८३ मत पाउँदा शाहले ४१८ र सिंहले ३८१ मत पाए।

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन निषेध

Image
  सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा गर्न नपाईने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । पौडेलले भने,,‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न।’

काठमाडौं महानगर बालेनले कटाए ४० हजार मत

Image
 काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्। १ लाख १२ हजार ४४२ मत गणना सकिँदा उनले ४० हजार ३ मत ल्याएका छन्। दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ र तेस्रोमानेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्। काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। जसमध्ये हालसम्म ५९ प्रतिशत मत गनिसकिएको छ। हालसम्म ७ वटा वडामा कांग्रेस र ७ वटै वडामा एमालेका वडाध्यक्षका विजयी भएका छन्।

६९८ पालिकाको नतिजा सार्वजनिक, कुन दलकाे अवस्था कस्तो?

Image
  वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा हालसम्म ६९८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले हालसम्म ३०९ पालिकामा प्रमुख जितेको छ भने २८३ स्थानमा उपप्रमुख जितेको छ। कांग्रेसले अझै १८ स्थानमा अग्रता कायम गरिरहेको छ। त्यस्तै, २०७४ सालमा पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रो दलमा सीमित भएको छ। एमालेले १८८ स्थानमा पालिका प्रमुख जितेको छ भने २१६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी केन्द्रले १२० स्थानमा प्रमुख जितेको छ। उपप्रमुखमा १२३ स्थानमा जित हात पारेको छ। त्यस्तै, जनता समाजवादी पार्टीले २६ स्थानमा जित हात पारेको छ। एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीले पहिलो पटक भाग लिएको स्थानीय निर्वाचनमा १७ स्थानमा प्रमुख र २१ स्थानमा उपप्रमुख जितेको छ। त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको छ। राप्रपाले ४ र अन्य दलले २३ स्थानमा जित हात पारेका छन् । अहिले पनि महानगर, उपमहानगर र मधेश प्रदेशका केही जिल्ला लगायतका क्षेत्रमा मतगणना चलिरहेको छ। महानगरमा काठमाडौं,पोखरा, भरतपुर, वी...

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

Image
 झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचतकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखित रूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहक...

‘खानेपानीको समस्या समाधान गर्न आकाशे ट्याङ्की निर्माण पहिलाे प्राथमिकता

Image
 नेपालका लागि संघीयता नयाँ अभ्यास थियो । २०७४ बैशाख ३१ गते तीन तहका सरकार मध्य स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यहीँ निर्वाचनबाट चुनिएका जनप्रतिनिधिका पाँच वर्षे कार्यकाल गत वैशाख ३० गते सम्पन्न भएसँगै दोस्रो स्थानीय तह निर्वाचनपछि नयाँ नेतृत्व चुनिएका छन् । संघीयता नेपालका लागि नौलो अभ्यास भएका कारण पनि निर्वाचित भएर आएको धेरै समयसम्म जनप्रतिनिधिहरु ऐन, नियम कानुन निर्माण, राजश्व संकलन लगायतका विषयमा अलमलमा पर्नुपर्ने स्थिती सिर्जना भएको थियो । २२ वर्षदेखि रिक्त रहेका स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणले भने गति लिएको देखिन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, सडक, विजुली जस्ता पूर्वाधारहरुमा परिवर्तन भई विकासको जग खडा भएको छ । २०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिले अलमलकै बीच विकास मोडेल तयार गरेर विदा भएका छन् । अब आउने जनताका प्रतिनिधिले यिनै मोडेलमा टेकेर काम गर्नुपर्नेछ । १६ वटा वडा रहेको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भौगोलिक हिसावले सुगम मानिन्छ । तर वडा नम्बर १४, १५ र १६ नम्बर भने अलि विकट छन् । आर्थिक, प्रशासनिक, राजनीतिक हिसावले महत्व...

आठबीसमा बुहारी बनेर गएकी थापालाई उपप्रमुख पद उपहा

Image
 बुहारी बनेर आठबीस गएको एक वर्ष भित्रैमा नगरवासीले कल्पनाकुमारी थापालाई उपमेयरमा अनुमाेदन गरिदिएका छन् । आगामी पाँच वर्षका लागि भएको स्थानीय तहको निर्वाचन–२०७९ मा दैलेखको आठबीस नगरपालिकाको उपमेयरमा थापालले ५११३ मत ल्याएर विजयी भएकी हुन् । २०४७ सालमा दैलेखको साविक काँशीकाँध गाविस हाल महाबु गाउँपालिकामा जन्मिएकी थापा हुर्केएको, पढेको भने दैलेखको नारायण नगरपालिका–७ किमुगाउँमा हो । सानै उमेरदेखि राजनीतिमा आस्था र विचार राख्ने थापाले किमुगाउँमा रहेको बसन्त माविबाट आफ्नो पढाईको सुरुवात गरेकी हुन् । थापाको सबै परिवार बसाईं–सराईं गरेर काँसीकाँधबाट नारायण नगरपालिका आएका थियाे । कल्पनाको राजनीतिक यात्रा भने स्कुलमा पढ्दै गर्दा शुरू थियो । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट कक्षा सातमा पढ्दै गर्दा १२ वर्षको उमेरमा पहिलो पटक संगठनको सदस्यता लगेकी हुन् ।   त्यती बेलाको समयमा थापा दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा कक्षा सातमा अध्ययनरत थिइन् । सानै उमेरबाट राजनीतिमा होमिएकी थापा संगठनलाई ...

निर्वाचनमा खटिएका प्रहरी ३ महिना निलम्बित, कारण यस्तो थियो…

Image
  सुर्खेतमा निर्वाचनमा खटिएका एक जना प्रहरी तीन महिनाको निम्ति निलम्बनमा परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका ती प्रहरीले आखिर गरेका चाहिँ के थिए ? नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले आचरण विपरितको कार्य गरेकाले प्रहरी हेडक्वार्टरले हिजो अबेर तीन महिना निलम्बन गरेको हो । सुरक्षामा खटिएका प्रहरी नै सबैको निम्ति असुरक्षित बनेपछि निलम्बन गरिएको बताइन्छ । आयोगले निर्वाचनमा खटिने प्रहरी र कर्मचारीलाई आकर्षक भत्ता रकम दिएको थियो । उनले त्यहि रकमको दुरुपयोग गर्दै मादक पदार्थ खाएर सबैमाथि हातपात गरेका हुन् । भट्टले टन्न मदिरा सेवन गरेर आफू खटिएको मतदान केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमाला, केही म्यादी प्रहरी र स्थानीयलाई बुधबार राति कुटपिट गरेका हुन् । भट्टले जथाभावी बोल्दै हातापात गर्न थालेपछि प्रहरी टोलीले तत्काल सुर्खेत प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि सबै विवरण खुलाएर हेडक्वार्टरमा रिपोर्ट बुझाउने बितिक्कै उनी हिजो साँझदेखि निलम्बनमा परेका हुन् । प्रहरी हेडक्...

भेरी नगरपालिकामा काँग्रेस र माओवादीको संयुक्त घोषणापत्र सार्वजनिक

Image
 जाजरकोट । जाजरकोट भेरी नगरपालिकामा संयुक्त गठबन्धन गरेका माओवादी केन्द्र र काँग्रेसले घोषणापत्र सार्वजनिक गरेका छन । उनीहरुले सार्वजनिक गरेको घोषणापत्रमा लोकप्रिय कार्यक्रमहरु रहेका छन । चुनावी तालमेल गरेर संयुक्त गठबन्धन गरेका उनीहरुले विजयी भएपछि नगर भित्र रहेको गरिवी, अशिक्षा, वेरोजगार, भ्रष्टाचार अन्त्य गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन। घोषणापत्र “नेपाली जनक्रान्तिको अमूल्य उपहार ! –संघ, प्रदेश र स्थानीय जनसरकार !!” “दिगो विकास र समृद्ध नगर, सुशासनयुक्त शहर ।” निर्माण हाम्रो अभियान ! गठबन्धनको गोलाआकार भित्रको हशियाँ हथौडा र रुख चिन्हमा मतदान !! “सुशासन र समृद्धिको सुदृढ आधार ! –स्थानीय तहमा जनताको आफ्नै सरकार !!” “लोकतान्त्रिक समाजवादको आधार !! –गाउँ नगरमा गठबन्धन सरकार !!” गठबन्धनका साझा उम्मेदवार गगन बहादुर खड्का (जीवन) र सिता जैसीको संयुक्त विशेष अपिल आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदैछ । देशको विकास, जनताको आर्थिक समृद्धि र सामाजिक न्यायप्रति उत...

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित

Image
 तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका छन् । चुमानले तीन हजार नौ सय ४० मत पाए भे उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे । थापा निर्वतमान अध्यक्ष पनि हुन् । उपाध्यक्षमा अर्याल दुई हजार आठ सय ४८ मत प्राप्त गरी निर्वाचित भइन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले दुई हजार एक सय ८३ मत प्राप्त गरिन् । छ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली काङ्ग्रेसले दुई र नेकपा एमाले ले एक वडामा वडाध्यक्ष जितेको छ । माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ । २०७४ मा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको काङ्ग्रेस यो पटक दुई वडामा मात्रै सीमित भएको छ ।अनलाइन खबर

जुम्लाका नवनिर्वाचित पालिका प्रमुखले लिए शपथ

Image
 जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजा गाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहरालाई शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखले उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । 

कोहलपुर नगरपालिकामा काँग्रेसका आचार्य र सुवेदी विजयी

Image
  ८ जेठ, बाँके । कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका मेयरमा पूर्ण प्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका पूर्ण प्रसाद आचार्यले १४१३४ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै नेपाली काँग्रेसकी उपमेयर संगिता सुवेदीले १४०७३ मत प्राप्त गरी विजयी भएकी छन् ।

नाबालिगमाथि ब'ला'त्का'र गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ

Image
  ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

Image
 काठमाडौँ, अमेरिकामा देखिएको मंकीपक्स १२ देशमा फैलिएको छ । कम्तिमा १२ देशहरूमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अन्य ५० केसमा अनुसन्धान भइएरहेको जनाउँदै डब्ल्यूएचओले संक्रमण बढ्न सक्नेतर्फ सचेत गराएको छ । ९ वटा युरोपेली देशका साथै अमेरिका, क्यानडा र अष्ट्रेलियामा मंकीपक्सको संक्रमण पुष्टि भएको हो । हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।   डब्ल्यूएचओले हालैका प्रकोपहरू गैर–स्थानीय देशहरूमा देखा परिरहेका कारण यसलाई असामान्य भनेको छ । प्रभावित देशहरूलाई प्रभावित हुन सक्ने मानिसहरूलाई खोज्न र निगरानीमा राख्न डब्ल्यूएचओले आग्रह गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

के माइक्रोसफ्टले बन्द गर्दैछ स्काइपी ? विन्डोज ११ बाट किन हटाइयो ?

Image
 माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । नयाँ अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आफ्नो भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स डिफल्ट रहेको छ । तर त्यस्तै खालको अर्को फिचर स्काइपी चाहिँ पहिलोपटक माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा राखेको छैन । माइक्रोसफ्टको यो कदमले के संकेत गर्दछ भने अब माइक्रोसफ्ट टिम्स कम्पनीको छनोट(फेबराइट चाइल्ड) बनेको छ र कुनै बेला भिडियो कलिङ एपको क्षेत्रको राजा रहेको स्काइपीको अन्त्यको सुरुवात भएको छ । यद्यपि पछिल्लोपटक लामो समयदेखि स्काइपीका प्रयोगकर्ताहरु निकै कम हुनका साथै नयाँ नयाँ भिडियो कलिङ एपहरु आएसँगै स्काइपीको सान्दर्भिकता पनि गुम्दै गएको थियो । स्काइपीको भविष्य माइक्रोसफ्टले १० वर्षअघि साढे ८ अर्बमा स्काइपी खरिद गरेको थियो । त्यस बेला स्काइपीको खरिद सम्झौता माइक्रोसफ्टका लागि सबैभन्दा महंगो खरिद बनेको थियो । विश्लेषकहरुले माइक्रोसफ्टले अनावश्यक रुपमा धेरै रकम तिरेको टिप्पणी पनि गरेका थिए । तर त्यतिबेला स्काइपी निकै लोकप्रिय थियो । उक्त एप १ अर्ब भन्दा धेरैले डाउनलोड गरेका थिए भने दैनिक करोडौं प्रयोगकर्ता थियो । स्काइ...

गुगल प्ले स्टोरमा जोकर भाइरसको आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

Image
 जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् । जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो । यो डाटा चोर्ने भाइरस हरेक महिना जसो कोड परिवर्तन गरी गुगल प्लेस्टोरमा छिर्ने गरेको छ । शोधकर्ताहरुका अनुसार जोकर भाइरसले प्रयोगकर्ताका एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइस इन्फो, ओटीपीलगायतका विभिन्न डाटाहरु चोर्ने गर्दछ । गुगलले जोकर भाइरसले संक्रमित गराएका उल्लेखित ८ वटा एपहरुलाई प्ले स्टोरबाट हटाइसकेको छ । तर प्रयोगकर्ताका स्मार्टफोनमा इन्स्टल भैसकेको अवस्थामा चाहिँ ती एपहरु डिलिट नहुन्जेल रहिररहनेछन् र प्रयोगकर्ताको स्मार्टफोन भाइरसको जोखिममा रहन्छ .

सामाजिक अभियान्ता थापा र समाजसेवी युवा सिवहरि खनाल लगायतको पहलमा अति आवश्यक ग्रामिण क्षेत्रमा सर्जिकल माक्स र खाधान्न वितरण

Image
  सामाजिक अभियान्ता यूवराज थापा विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,विजय सुनार सागर मरासिनी ,मनोज सापकोटा ,लगायतको टिमले जिल्लाका अति बिपन्न परिवारमा खाधान्नको अभावले चुलो निभेका गरिब परिवारहरुलाई आज खाधान्न र सर्जिकल मास्क वितरण गरेको छ।  समाजसेवी तथा संचारकर्मी गुरुदेव खनालको नेतृत्वमा र भुमिकास्थान नगरपालिका वडा नम्बर - २ ठुलाखार्क निवासी हरि प्रसाद खनालका छोरा समाज सेवी युवा सिवहरि खनालको खाधान्न सहयोगमा सामाजिक अभियान्ता यूवराज थापा लगायतको टिमले चुलो निभेका भुमिकस्थान नगरपालिका वडा नम्बर १ का १० अति बिपन्न घर परिवारलाई खाधान्न तथा नि:शुल्क सर्जिकल मास्क वितरण गरेको छ।  नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने तेस्रो चरणमा सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को अर्घा गन्धर्व बस्तिमा करिब १०० सय घर परिवारलाई समाज सेवी तथा संचारकर्मी गुरुदेव खनाल ,समाजसेवी युवा हरिसचन्द्र बिश्वकर्मा समाजसेवी ब्याक्तित्व ठाकुर गन्धर्व ,बेगमान गन्धर्व ,नारायण बि,क राम बहादुर बि,क ,जीवबहादुर बिक ,धनवीर बि.क ,बिष्णु गन्धर्व ,रामजी परियार ,इन्द्र परियार ,शान्ता बि,क पदम बि.क लगायतको उप...